संघीय व्यवस्थापछि कास्कीको कृषि क्षेत्रलाई आधुनिकीकरण गरी जीवनस्तर सुधार गर्न स्थापित साविकको 'कृषि ज्ञान केन्द्र, कास्की' मिति २०८२/०५/१५ देखि नयाँ संरचनाअनुसार 'कृषि विकास कार्यालय, कास्की' का रूपमा सञ्चालित छ।
मुख्य क्षेत्रगत जिम्मेवारी:
-
सेवा र प्रविधि: माटो, मल र बीउको प्रयोगशाला सेवा दिने तथा नवीन जलवायुमैत्री कृषि प्रविधिको प्रसार र अनुसन्धान गर्ने।
-
क्षमता विकास र समन्वय: कृषकलाई प्राविधिक सीप दिने, विद्यार्थीलाई इन्टर्नसिप (OJT) गराउने तथा संघ, प्रदेश र स्थानीय तहका कार्यक्रमबीच समन्वय गर्ने।
-
उत्पादन र प्रवर्द्धन: रैथाने बाली संरक्षण, खाद्य सुरक्षा, जैविक विविधता र प्राथमिकता प्राप्त बालीको मूल्य श्रृंखला विकास गर्ने।
-
नियमन र व्यवस्थापन: रोगकिरा नियन्त्रण, कृषि तथ्याङ्क अद्यावधिक, कृषि सामग्री आपूर्ति सहजीकरण र कृषि बिमा प्रवर्द्धन गर्ने।
कार्यक्षेत्रको विवरण:
-
भौगोलिक कार्यक्षेत्र: समग्र कास्की जिल्ला (पोखरा महानगरपालिका र अन्नपूर्ण, माछापुच्छ्रे, मादी तथा रुपा गाउँपालिका गरी ५ वटै स्थानीय तह)।
-
कार्यगत क्षेत्र: जिल्लाका सम्पूर्ण स्थानीय तहका कृषि शाखाहरूसँग समन्वय, विज्ञ प्राविधिक सेवा प्रवाह, क्षमता विकास र जिल्लाभरिका कृषक तथा कृषि उद्यमीहरूका लागि प्राविधिक सेवा केन्द्र (Focal Point) को रूपमा कार्य गर्ने।

