कृषि विकास कार्यालय, कास्कीको कार्यविवरण (TOR):

  1. माटो तथा मल, बाली संरक्षण र बीउ बिजन परीक्षण सम्बन्धी आधारभूत प्रयोगशाला सेवा प्रदान गर्ने।
  2. नविनतम कृषि प्रविधि प्रसार सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने।
  3. स्थानीय तहको कृषि हेर्ने शाखालाई विज्ञ प्राविधिक सेवा प्रवाह तथा प्राविधिक जनशक्तिको क्षमता विकास गर्ने।
  4. व्यावसायिक कृषकहरुको विशिष्टीकृत ज्ञान सीप विकास गर्ने।
  5. प्रदेश अन्तर्गत सञ्चालन हुने संघीय कृषि विकास कार्यक्रम तथा आयोजनाको समन्वय तथा सम्पर्क विन्दु सम्बन्धी कार्य गर्ने।
  6. मन्त्रालय मातहत सञ्चालन हुने कृषि विकास कार्यक्रम तथा आयोजना सञ्चालनमा सहयोग गर्ने।
  7. स्थानीय समस्यामा आधारित आधारभूत अध्ययन तथा भ्यालिडेशन परीक्षण गर्ने।
  8. रैथाने बाली प्रवर्द्धन तथा कृषि जैविक विविधता पहिचान, संरक्षण, संवर्द्धन र उपयोग गर्ने।
  9. कृषि सामग्रीहरुको आपूर्ति व्यवस्था र नियमन सहजीकरण गर्ने।
  10. जिल्लास्तरमा रोग किरा नियन्त्रण तथा विपद व्यवस्थापन गर्ने।
  11. खाद्य तथा पोषण सुरक्षा सम्बन्धी कार्य गर्ने।
  12. जलवायुमैत्री कृषि प्रवर्द्धन गर्ने।
  13. नेपाल कृषि अनुसन्धान परिषदको बाह्य अनुसन्धान स्थल सम्बन्धी कार्य गर्ने।
  14. बीउ बिजनका लागि स्रोत व्यवस्थापन केन्द्र सम्बन्धी कार्य गर्ने।
  15. जिल्लास्तरीय कृषि तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने।
  16. कमाण्ड क्षेत्रभित्र कृषि उद्यम तथा व्यवसाय सञ्चालन गर्ने कृषक, उद्यमी तथा व्यवसायीहरुलाई आवश्यक सेवा टेवा प्रवाह गर्ने।
  17. एग्रो इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्त बाली वस्तुको मूल्य श्रृंखला विकास गर्ने।
  18. कमाण्डक्षेत्र भित्रका पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा टेवा उपलब्ध गराउने।
  19. कृषि विषय अध्ययनरत विद्यार्थीहरुका लागि इन्टर्नसिप तथा अन द जव तालिम (OJT) कार्यक्रम सञ्चालन गर्ने।
  20. कृषि बिमा सहजीकरण गर्ने।
  21. समग्र कृषि विकास सम्बन्धी कार्यमा स्थानीय तहसँग समन्वय गर्ने।